धादिङमा ५ रेक्टरको भूकम्प, हल्लियो काठमाडौं

Dhading myap

काठमाडौं । धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ । लामो समयपछि फेरि भुकम्प गएका कारण स्थानीय त्रसित भएका छन् ।

धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका अनुसार भुकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो ।

अहिलेसम्म भूकम्पको क्षतिको विवरण भने आएको छैन ।

प्रतिकृया दिनुहोस