प्रेम सुवाल र दुर्गा पौडेललाई संसदमा छिर्के

Durga prem samsad

काठमाडौं । संसद् जनताका प्रतिनिधिहरुकोे साझा थलो हो । जहाँ जनताका प्रतिनिधिहरुले जनताका गुनासो पोख्ने गर्छन् । तर, अहिले दुई जना सांसदहरुलाई संसदमा छिर्के लगाउन खोजिएको छ ।

भक्तपुर–१ बाट निर्वाचित नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र प्युठान–१ बाट निर्वाचित राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललाई संसदमा बोल्न नदिने षडयन्त्र भइरहेको छ ।

पार्टीगत प्रतिनिधित्व हुने गरी सांसदले बोल्न पाउँछन् । सरकार र बाम गठबन्धनले उनीहरुलाई जथाभावी नबोल्न र सरकारको विरोध नगर्न दवाव दिँदै आएका छन् ।

संसदमा एक मात्र जितेको भए पनि उनले गाउँघरका जनताका कुरा उठाउने गरेकी छन् । ‘म जनताबाट निर्वाचित सांसद हुँ, हरेक विषय बुझेको छु । बोल्दा कसैलाई रिस उठ्ला तर बोल्न छोडिँदैन’ उनले भनिन् ‘मलाई मतदाताको भन्दा अरु कसैको डर छैन । सरकारलाई सचेत गराउने काम हाम्रो हो ।’

जनताका विषयमा आवाज उठाइरहने यी दुई सांसद्हरुको बोल्न नपाउने गरी लविङ भइरहेको छ । उनीहरुले शुन्य समय लिएर धेरै बोलेको सत्ता पक्षको आरोप छ ।

संसद्मा शून्य समय र विशेष समय छुट्याइएको हुन्छ । शून्य समय १ मिनेटको र विशेष समय ३ मिनेटको रहन्छ । यो समयमा सांसदहरुले समसामयिक राजनीतिसँगै अन्य गुनासाहरु राख्ने गर्छन् । यही समयमा उनीहरुले विभिन्न गुनासो राख्दै सरकारको कडा आलोचना गर्ने गरेका छन् ।

सरकारको बढी विरोध गरेको भन्दै संसदमा बोल्न नदिने खेल भइरहेको बताउँछन् प्रेम सुवाल । ‘हाम्रो आवाज रोकियो भने अर्को खाले संघर्ष गर्छौं’ उनले भने, ‘हामीले सरकारको विरोधै गर्न नहुने भनने छ र ? कि सरकारको विरोध गर्न पाइँदैन भन्ने कतै लेखेको छ र ?’

सुवाल संसद्मा प्रमाणसहित बोल्ने गर्छन् । राजनीतिक दलले गलत गरिरहेको भन्दै सुवालले पटकपटक जनताले खवरदारी गर्ने चेतावनी दिँदै आएका छन् ।

उनीहरु यसअघिका पनि समानुपातिक सांसद थिए । संसदीय अभ्यास जानेका उनीहरु सरकारको ‘तारो’ भएका छन् ।

प्रतिकृया दिनुहोस