मनसुन सक्रिय, ३ दिन लगातार पानी पर्ने

Manson barsa

काठमाडौं । केही दिनदेखि देशका विभिन्न स्थानमा अविरल वर्षा भइरहेको छ । तर, देशको पश्चिमी भुगागमा खासै वर्षा भएको छैन ।

लामो समयदेखि भने जस्तो पानी नपर्दा पश्चिमका कतिपय क्षेत्रमा सुक्खा नै थियो । अब भने पश्चिमका पानी नपर्ने समस्या भोग्नुपर्ने छैन । बरु बाढी र पहिरोको खतराबाट भने बच्नुपर्ने भएको छ ।

मनसुन ८ जुनदेखि पूर्वी नेपालबाट प्रवेश गरे पनि पश्चिमसम्म फैलिइसकेको थिएन । यस वर्षको मनसुन देशभर फैलिएको छ । मनसुन सक्रिय भएकाले तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरिएको छ ।

८ जुनदेखि पूर्वी भेगबाट नेपाल भित्रिएको मनसुन जुन २७ देखि देशैभर फैलिएको मौसमविद् वरुण पौडेलले बताउँछन् । नेपालमा सामान्यतया १० जुनबाट मनसुन सुरु हुन्छ तर यस वर्षको मनसुन दुई दिनअघि नै सुरू भएको थियो ।

केही दिनसम्म बिहान, दिउँसो एकछिन मौसम खुलेको देखिए पनि साँझपख वर्षा हुने मौसिमविदको भनाई छ । ५ देखि ५०–५५ मिलिमिटरसम्म वर्षा हुने सम्भावना रहेको उनीहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस