पासाङल्हामु राजमार्ग खुलाउन सुरक्षाकर्मी

Pasang lhamu rajmarga

रसुवा । अविरल वर्षाका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग खुलाउन सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बुधबार साँझदेखि परेको भीषण वर्षाले कालिका गाउँपालिका–१, राम्चेदेखि ग्राङसम्मको करीब ६ किमी सडकको ठाउँठाउँमा पहिरोले पुरेको छ । साथै ठाउँठाउँमा भलपानीले सडक अवरुद्ध बनाएको छ ।

सो सडक खुलाउन बिहीबार बिहानदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । केरुङबाट सामान लिई आएका ३० भन्दा बढी कन्टेनर सडकका ठाउँठाउँमा रोकिएकाले छिटोभन्दा छिटो पासाङल्हामु राजमार्ग खुलाउन सुरक्षाकर्मी परिचालन गरिएको हो ।

बुधबार साँझ परेको वर्षाले केरुङबाट स्याउ बोकेर आएको एक कन्टेनर ट्रक राम्चेको ठाडो खोलाले बगाएको छ । एउटा बोलेरो जिपलाई सडक सतहमै सामान्य क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

दैनिकरुपमा नियमित चल्ने बस सेवासमेत प्रभावित हुँदा यात्रु आफ्नो गन्तव्यतर्फ जान सकेका छैनन् ।

प्रतिकृया दिनुहोस