पहिरोले पुरिदाँ धादिङमा ३ को मृत्यु, अझै २ जना बेपत्ता

Pahiro dhading

धादिङ । दुई दिनदेखि परेको वर्षाका कारण धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा पहिरोमा परी एकै घरका ३ जनाको मृत्यु भएको छ ।

गएराति खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा पहिरो जाँदा २ जना बेपत्ता भएका छन् । ४ जना घाइते भएका छन् । ७ घर पहिरोले पुरिएको छ ।

साईश्वाँराका गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा उनकी श्रीमती ३६ बर्षीया वसोधा गुरुङ, १० बर्षीया छोरी लक्ष्मी गुरुङ र ५ बर्षीया सरस्वती गुरुङको मृत्यु भएको छ । उनीहरुको शव बिहीबार बिहान मात्रै निकालिएको छ । पहिरोमा पुरिएका एक जनालाई उपचारका लागि सत्यदेवी स्वास्थ्यचौकी लगिए प्रहरीले जनाएको छ ।

यता, खनीयावास –४, चिउरीखर्कमा पहिरोले एक घर पुरिएको छ । सो पहिरोमा परी शम्शेर घले र कोप्ची घले बेपत्ता भएका छन् । नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा पहिरोले ५ घर बगाएको छ ।

वर्षाका कारण उत्तरी भेगतर्फ जानेसडकहरु भत्किउका छन् । जसले गर्दा उद्धार टोली घटना स्थल पुग्न सकेको छैन । इलाका प्रहरी कार्यालय, दार्खाको प्रहरी टोली भने चिउरीखर्क पुगिसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिकृया दिनुहोस