घरेलु मदिरा पिउँदा ४ को मृत्यु, ५ सिकिस्त

Local raksi

धनुषा । घरेलु मदिरा सेवन गर्दा धनुषामा ४ जनाको मृत्यु भएको छ । ५ जना सिकिस्त छन् ।

धनुषाको कमला नगरपालिकाको सिंग्याही मडानमा विषाक्त मदिरा सेवन गर्दा ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा कमला नगरपालिका ५ बस्ने ४० बर्षका रामनाथ पासवान, ५० बर्षका रामचन्द्र पासवान, ३६ बर्षका मणि पासवान र ४५ बर्षका साबिर अन्सारी छन् ।

प्रहरीले मृत्युको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ । मदिरा सेवनबाटै विरामी परेकाको उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस