रात्रीकालिन व्यवसायमा १ लाख युवती संलग्न !

Dance bar

काठमाडौं । काठमाडौं उपत्याकाभित्र रात्रीकालिन व्यवसाय फस्टाउँदै गएको छ । उपत्यकाभित्र रहेका १२ हजारभन्दा बढी रात्रिकालीन मनोरन्जन व्यवसायमा एक लाख युवती संलग्न छन् ।

लोकदोहोरी, डान्सबार, रोदी क्लबमा आबद्ध अधिकांश युवती श्रम शोषणमा पर्ने गरेका हुन् । रोजगारी त पाउँछन्, तर सम्मान भने पाउँदैनन् । यहाँ देखाउने अनुहार एउटा हुन्छ, गर्ने व्यवहार अर्कै हुने गरेको उनीहरु बताउँछन् । काम र रुप भएसम्म रात्रिकालीन मनोरन्जनमा काम पाउँछन् । त्यसपछि के गर्ने उनीहरुको भविश्य नै अन्धकारमा परेको हुन्छ ।

‘फ्रि दी स्लेभ्स’ले गरेको अध्ययनमा उपत्यकाभित्र त्यसमा १६ वर्षमुनिका किशोरीहरु ३० देखि ४० हजारभन्दा बढी छन् । नेपाल युथको सर्वेमा रात्रिकालीन क्षेत्रमा काम गर्ने ३ देखि ५ हजारले मात्र पारिश्रमिकको सम्झौता गर्ने गरेको उल्लेख छ ।

खासगरी उपत्याकाभित्रका मनोरञ्जन स्थलमा युवतीको प्रयोग बढी हुने गरेको छ । रात्रिकालीन मनोरन्जन व्यवसायबाट धेरै युवायुवतीले रोजगारी पाए पनि उनीहरु सन्तुष्ट छैनन् । कतिपय अवस्थामा मालिकबाटै ठगिइरहेका छन् भने धेरैजसो ग्राहकको शारीरिक शोषणमा पर्ने गरेका छन् ।

साथी नेपालको अर्को अध्ययनमा १५ वर्षमुनिका ४० प्रतिशत किशोरी मनोरन्जन क्षेत्रमा काम गर्छन् । रात्रिकालीन मनोरन्जन क्षेत्रमा उपत्यकाभित्र मात्र एक लाखभन्दा बढी युवतीले काम गर्ने गरेको उसको सर्वेमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस