चारकिलोमा फेरि पहिरो खस्यो, नारायणगढ मुग्लिन सडक अवरुद्ध

Mugling sadak pahiro

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको चारकिलोमा फेरि पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको छ ।

बुधबार बिहान साँढे ६ बजे चारकिलोमा पहिरो खसेपछि सो सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । चारकिलोमै मंगलबार बिहान पहिरो खस्दा झण्डै १२ सडक अवरुद्ध भएको थियो ।

सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये चारकिलो पनि एउटा सडकखण्ड हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण रहेको छ ।

थप पहिरो नखसेमा बिहान ११ बजेसम्ममा पन्छाउन सकिने नारायणगढ—मुग्लिन सडकखण्डका सूचना अधिकारी शिव खनालले बताए । पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्नेछ । पहिरो खसेलगत्तै पन्छाउने काम अघि बढेको उनले बताए ।

बेलुका ४ बजे पहिरो पन्छाएपछि रातभर सवारीको लाम र जामका कारण यात्रुले हैरानी बेहोरेका थिए । बुत्रधार बिहान पुनः पहिरो खसेपछि यात्रु रोकिएका छन् ।

प्रतिकृया दिनुहोस