सरकारी गाडीमा १४ वर्षकाे खर्च ५४ अर्ब !

Sarkari gadi skech

काठमाडौं । प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारीसम्मको गाडी मोह कस्तो छ भनेर एक तथ्यांकीय सामग्री हेरे पुग्छ ।

सरकारले गाडी खरिद, इन्धन र मर्मतका नाममा १४ वर्षमा ५४ अर्ब रुपैयाँ खर्च भएको छ । २३ अर्ब १४ करोड खरिदमा खर्च भएको छ भने इन्धन खर्च १७ अर्ब ६६ करोड भएको छ । मर्मतमा पनि उत्तिकै खर्च छ । १४ वर्षको हिसाब केलाउने हो भने मर्मत शीर्षकमा मात्रै १२ अर्ब ९१ करोड रुपैयाँ सकिएको छ ।

आव ०७३/७४ मा गाडी खरिदमा ६ अर्ब ७१ करोड ३२ लाख, मर्मतमा एक अर्ब ९१ करोड ३५ लाख र इन्धनमा दुई अर्ब ५२ करोड ६६ लाख खर्चहुने गरेको छ । यो आवमा सात अर्ब ३१ करोड ४४ लाख खर्च भएको छ ।

त्यसैगरी आव ०७२/७३ मा गाडी खरिदमा दुई अर्ब २१ करोड ९७ लाख, मर्मतमा एक अर्ब ६९ करोड ६४ लाख र इन्धनमा एक अर्ब ९९ करोड ६ लाख खर्च गरिएको छ । यो आवमा पाँच अर्ब ९० करोड ६६ लाख खर्च गरिएको आजको नयाँ पत्रिकाले उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस