पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाको घरमा सरकारी ताल्चा !

Prerana shaha home

काठमाडौं । नेपालमा गणतन्त्र आउनुअघि राजपरिवारका सदस्यबारे कसैले चुँसम्म पनि बोल्दैनथे । तर पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहकै घरमा सरकारले ताल्चा ठोकिदिएको छ ।

शाहको छाउनीस्थित घरमा नेपाल ट्रष्टको कार्यालयले घरमा ताला लगाइदिएको हो । ट्रष्टले सरकारको नाममा आइसकेको घर जग्गामा प्रेरणाले अटेरी गरेर कव्जा जमाएकाले ताल्चा लगाइएको हो ।

प्रेरणा बस्दै आएको छाउनीस्थित घरमा २ रोपनी १३ आना जग्गासमेत छ । तत्कालीन राजा वीरेन्द्र र उनको नाममा रहेको सम्पति सरकारले नेपाल ट्रष्ट मार्फत आफ्नो नाममा ल्याएको थियो । छाउनीको त्यो घर जग्गा पनि यसअघि नै नेपाल ट्रष्टको नाममा आएको थियो ।

ट्रष्टको नाममा आएको जग्गामा प्रेरणाले अटेर गर्दै कब्जा जमाएकाले उनलाई हटाउन घरमा तालाबन्दी गरिएको नेपाल ट्रष्टका कामु सचिव रमेश सिंहले जानकारी दिए । नेपाल ट्रष्टले सरकारको नाममा आएको जग्गा छोड्न प्रेरणालाई पटक पटक पत्राचारसहित चेतावनी दिँदै आएको थियो ।

नेपाल ट्रष्टले पूर्वराजा वीरेन्द्रको नाममा देशका विभिन्न १२ जिल्लामा रहेका २२ हजार रोपनी जग्गा सरकारको नाममा ल्याइसकेको छ । तर पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाले घर जग्गामा कव्जा जमाउँदै आएकी थिइन् ।

प्रतिकृया दिनुहोस