१३ घण्टामा खुल्यो नारायणगढ–मुग्लिन सडक, जाम उस्तै

Muglin road 2

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो १२ घण्टापछि खुलेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ५ टोपेखोलामा बिहान ४ बजे नै खसेको पहिरो खसेको थियो । सो पहिरो ६ बजेदेखि स्काभेटरले लगातार काम गर्दा पनि पहिरो हटाउन ४ बजे मात्रै सडक खुलेको थियो ।

बिहान ६ बजे, ८ बजे र १० बजे गरी तीन वटा स्काभेटर आएर पहिरो पन्छाउन जुटेका थिए ।

काठमाडौंतिरबाट सवारी साधनको १० किलोमिटरभन्दा बढी लाम लागेको थियो भने नारायणगढतर्फ करिब ८ किलोमिटर जाम थियो । पोखरातिरबाट आउने गाडीको करिब ४ किलोमिटर लाइन थियो ।

अहिले बोटो खुले पनि सवारी साधनको अत्यधिक चाप र कमजोर ट्राफिक व्यवस्थापन नहुँदा जाम खुल्न समय लाग्ने देखिएको छ । जामको समयमा चालकहरुले जथाभावी ओभरटेक गरेर सवारीसाधन राख्दा थप समस्या भएको छ ।

जाम खुलाउन सडकमा ट्राफिक प्रहरीको उपस्थिति निकै पातलो देखिएको छ । जाम निकै लामो भएका कारण यात्रीहरुले सास्ती खेप्नुपरेको छ ।

 

प्रतिकृया दिनुहोस