सामान्य विवादमै सशस्त्र प्रहरीका सहायक हवल्दारले गरे श्रीमतिको हत्या

Kanchanpur faruwale simatiko hatya

कञ्चनपुर । सँगै मर्ने, सँगै बाच्ने कसम खाएका आफ्नै श्रीमान दानब बन्दान् भनेर कसले पो सोचेको हुन्छ र ? तर, कन्चनपुरमा श्रीमानको दानवीय व्यवहारले श्रीमतिले ज्यानै गुमाउनुपरेको छ ।

कञ्चनपुरमा ससस्त्र प्रहरीमा कार्यरत सहायक हवलदार केशव कार्कीले आफ्नै श्रीमतिलाई फरुवाले हानेर हत्या गरेका छन् । कार्कीले मंगलबार विहान खेतमा काम गरिरहेको बेला सामान्य विवाद हुँदा फरुवा प्रहार गरेका थिए ।

फरुवा प्रहारबाट श्रीमति सीता कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले बताए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका –८ तिलाचौर घर भएका सशस्त्र प्रहरीका सहायक हवल्दार कार्की ससस्त्र सीमा सुरक्षा बल दाङमा कार्यरत छन् । कार्की बिदामा घर आएको बेला श्रीमतिसँगै खेतमा गएको खेलमा काम गरिरहेका बेला सामान्य विवाद भएको पाइएको प्रहरीले जनाएको छ ।

कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस