हामी भित्र र बाहिरवाला कुरा गर्दैनौँ : ओली

Kp oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपयले सरकारले बाहिर गर्ने कुरा र भित्री व्यवहारबीच तालमेल नरहेको शंका गरेकोप्रति आपत्ति जनाएका छन् ।

‘कतिपयले भित्र के हो कसो हो ? बाहिर यस्तो देखिएको छ भन्ने गरेका छन्’, प्रधानमन्त्रीले ओलीले भने, ‘हामी भित्र र बाहिरवाला कुरा गर्दैनौँ, उहाँहरूका सम्वेदनशीलतालाई पनि बुझेका छौँ, उहाँहरूका जायज चासो र सरोकार बुझेका छौँ ।’

प्रतिनिधिसभाको बैठकमा मंगलवार ‘सार्वजनिक महत्त्वको विषयमा वक्तव्य’ दिँदै प्रधानमन्त्री ओलीले नेपालको विकासमा छिमकीलाई साथ लिन चाहेको र उनीहरूको उन्नती प्रगतिबाट लाभान्वित हुन चाहेको बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमण समृद्ध नेपाल निर्माणका लागि सहयोगी बनेको दावी गरेका छन् । असार ५ देखि १० गतेसम्म मित्रराष्ट्र चीनको भ्रमण गरेका प्रधानमन्त्रीले स्वदेश फर्केको तेस्रो दिन प्रतिनिधिसभालाई आफ्नो भ्रमणका उपलब्धिबारे जानकारी गराएका हुन् ।

‘हामीले छिमेकीसँग सम्बन्ध सुधार गरेका छौं, सम्बन्ध सुधार गर्न विश्वासको वातावरण बनाउन र समझदारी तथा सहकार्यको वातावरण तयार गर्न सफल छौं,’ ओलीले भने, ‘आफ्नो विकासको प्रयाससँगै अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा पनि नेपालले भूमिका खेल्न चाहेका छौं ।’

‘क्षणिक हिसाबले एउटाविरुद्ध अर्काको कार्ड खेल्ने, एउटाविरुद्ध अर्कोलाई उचाल्ने अथवा तत्कालीन हितका लागि गैरजिम्मेवार ढंगले चल्ने काम हुँदैन । हामी हाम्रो दुवै छिमेकीसँग विश्वासयोग्य, भरपर्दो र पारस्परिक सहयोग र सहकार्यको वातावरण निर्माण गर्न चाहान्छौं’, प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरूको संवेदनशीता,जायज चासो, चिन्ता र सरोकार बुझेका छौं । सभामुखमार्फत् भन्न चाहान्छु, भित्र के हो कसो हो ? बारिह यस्तो भन्ने कुरा होला । भित्र र बाहिरवाला कुरा गर्दैनौं ।’

प्रतिकृया दिनुहोस