मुग्लिन–नारायणगढ सडकको ठाउँठाउँमा पहिरो, सडक अवरुद्ध

Mugling sadak pahiro

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको ठाउँठाउँमा पहिरो खस्दा यातयात अबरुद्ध भएको छ ।

बाटो बिस्तारका क्रममा काटिएको पहाड र भित्तोबाट पहिरो खस्दा यो खण्डमा यात्रा जोखिमयुक्त बन्दै गएको छ ।

सो सडक खण्डअन्तर्गत चारकिलो र कालीखोला नजिकै गएको पहिरोले कारण सडकखण्ड अबरुद्ध बनाएको छ । बिहान ५ बजेतिर पहिरो खसेपछि अहिले यातयात आगमन ठप्प भएको छ ।

पहिरो खसेपछि अहिले चारकिलोबाट मुग्लिनसम्म गाडीको जाम छ । पहिरोदेखि नारायणगढसम्म पनि गाडीको लाम लागेको छ । अध्ययन प्रतिवेदनले यो खण्डलाई जोखिमयुक्त क्षेत्रको सूचीमा पनि राखेको छ ।

सडक बिस्तार गर्न थालेयता सधैं पहिरो खस्न थालेको छ । सडकमा सम्भावित पहिरो रोक्न पहल भइरहे पनि सम्भव नहुँदा दैनिक यात्रीहरुले सास्ती खेप्नुपरेको छ । पहिरो र बाटो बिस्तारका कारण हरेक दिन यो खण्डमा लामो जाम हुने गरेको छ । सोमबार पनि यो खण्डमा पहिरो जाँदा घण्टौसम्म जाम भएको थियो ।

काठमाडौं जोड्ने मुख्य यो सडकखण्डमा दैनिक हजारौँ यात्रुले ओहोरदोहोर गर्छन् । तर उनीहरुको यात्रा जोखिमपूर्ण हुने गरेको छ । सामान्य वर्षा हुँदा पहिरो जाने भएपछि यात्रा खतरापूर्ण बन्दै छ ।

प्रतिकृया दिनुहोस