तातोपानी नाका खुल्ने एक वर्षभित्रै खुल्ने

Tatopani naka

काठमाडौं । भूकम्पका कारण बन्द भएको तातोपानी खासा नाका एक वर्षभित्रै खुल्ने भएको छ ।

नेपाल र चीन जोड्ने सबैभन्दा छोटो तातोपानी खासा नाका बन्द हुँदा चीनसँगको व्यापारमा अर्बौको घाटा लाग्दै आएको छ । त्यसका अलावा सो क्षेत्रका बासिन्दा व्यापार नहुँदा बसाई सर्न बाध्य भएका छन् ।

भूकम्पपछि सुरक्षाको कारण देखाउँदै चीन सरकारले सो नाका बन्द गर्दै आएको थियो । नाका खोल्न सिन्धुपाल्चोकका राजनीतिक दल, उद्योगी, व्यवसायी तथा सरोकार भएका समुदायले सरकारसँग आग्रह गर्दै आएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने राजकीय भ्रमणमा चीन गएका बेला नेपाल सरकारको प्रस्तावमा चीन सरकारले नै सो नाका जोड्ने मितेरी पुल निर्माण गर्ने सम्झौता भएको छ । योसँगै तातोपानी नाका खुल्ने विश्वास व्यक्त गरिएको छ ।

प्रधानमन्त्रीको भ्रमण क्रममा सो नाका खुलाउने विषयमा महत्वपूर्ण छलफल भएको तथा पुल निर्माणमा समेत सहमति भएपछि सिन्धुपाल्चोकका राजनीतिक दल, उद्योगी व्यवसायीसमेत खुशी भएका छन् ।

सरकारले नाका खोल्ने सहमति गरेसँगै अरनिको राजमार्गको सुधारमा समेत जोड दिनुपर्ने अवस्था छ । सो राजमार्गअन्तर्गत बाह्रेबिसे खण्डसम्मको अवस्था राम्रो भए पनि त्यसभन्दा माथिको सडक भने पहिरोका कारण समस्या परेको छ । कतिपय स्थानमा सडक भासिएका छन् भने कतिपय स्थानमा सडकमाथिबाट खसेको पहिरो पन्छाउने कामसमेत हुन सकेको छैन ।

नाका खोल्ने लक्ष्यका साथ मितेरी पुल निर्माण गर्ने विषयमा भएको सहमति स्वागतयोग्य रहेको नाका जोडिएको भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेल बताउँछन् ।

‘नाका खुल्छ भन्दाभन्दै तीन वर्ष बित्यो, आज खुल्ला, भोलि खुल्ला भनेर बस्नेहरुसमेत निराश भएका थिए, अब भने आशा पलाएको छ’ उनले भने, ‘भन्सार, अध्यागमन कार्यालयलाई थप व्यवस्थित बनाएर सरकारले तत्काल बाह्रबिसेमाथिको राजमार्ग मर्मतमा ध्यान दिनुपर्छ ।’

नाका खुल्छ : ओली
चीनको ६ दिने औपचारिक भ्रमणबाट आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरिएको विशेष पत्रकार सम्मेलनमा सो नाका खोल्ने विषयमा चीन सरकारसँग सहमति भएको बताए छन् ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले तातोपानी नाका खोल्ने विषयमा सहमति भएको, आवश्यक भौतिक पूर्वाधारको निर्माण तथा अन्य प्राविधिक तयारीको कामलाई समेत प्रभावकारी रुपमा अगाडि बढाइने जानकारी दिए ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा नाका खोल्ने र पुल निर्माण गर्नेसम्बन्धी सम्झौतापत्रमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री कोङ झेङयूले हस्ताक्षर गएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...