डा. महत भन्छन्, रेल आउने कुरा रोमाञ्चक कुरा हो, आए त राम्रो हुन्छ

Ramsharan mahat

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक भए पनि भ्रमणबाट कुनै ब्रेक थ्रु नभएको टिप्पणी गरेका छन् ।

डा. महतले भ्रमणको क्रममा चीनसँग भएका सम्झौताहरुलाई आफूहरुले सकारात्मक लिएको बताए । तर उनले बाहिर प्रचार गरिएको जस्तो कुनै उलटपुलट नभएको बताए ।

‘नाकाहरु खोल्ने तथा पूर्वाधार विकास गर्ने भन्ने कुरा नौला कुरा होईनन्, यी कुरा त राजा महेन्द्रको पालामा र हाम्रो पालामा पनि भएका थिए’ उनले भने, ‘कोदारी र रसुवागढी नाका त हाम्रै पालामा खुलेको हो ।’

चीन भ्रमणका क्रममा विभिन्न १४ वटा सम्झौताहरु भएका पनि सम्झौताहरु हुँदैमा कार्यान्वयन हुन्छ भन्ने कुनै निश्चित नभएको उनको आरोप छ । ‘चीनको थ्रि–गर्जेज कम्पनीले बनाएको भनिएको पश्चिम सेती जलविद्युत परियोजनाबाट अहिले उसले हात झिकेको कुरा आएको छ’ उनले भने, ‘त्यसैले एमओयू हुँदैमा कुनै तमाशा हुँदैन, सम्झौताहरु कार्यान्वयनको लागि फलो–अप–एक्शनमा जानुपर्छ ।’

आइतवार रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको कार्यक्रममा डा. महतले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा गरेका सम्झौताहरुको शब्द र शर्तका वास्तविकता भविष्यमा थाहा हुन सक्ने बताए । ‘कतिपय सम्झौताहरु अस्पष्ट छन्, कतिपय भने विगतमा नै भैसकेका छन्’ उनले भने, ‘सीमामा मितेरी पुल निर्माण गर्ने, नुवाकोटको सात तले दरबार र काठमाडौंको हनुमान ढोकाको ९ तले दरबारको पूर्ननिर्माण गर्ने लगायतका केही सम्झौताहरु यसअघि नै भइसकेका छन्, यो किन अहिले गर्नु गर्नु ?’

पूर्व अर्थमन्त्रीसमेत रहेका डा. महतले ओलीको भ्रमणसँगै अहिले रेलको पनि चर्चा व्यापक भए पनि रेल कहिले आउने हो भन्नेमा सरकारका मन्त्रीहरुको भनाई नै विरोधाषापूर्ण रहेको आरोप लगाए । उनले भने, ‘वर्तमानका सरकारका मन्त्रीले कहिले २ वर्षमा नै चीनबाट रेल आउँछ भन्नुहुन्छ, कहिले ५ वर्ष भन्नुहुन्थ्यो, अहिले फेरि ७ वर्षको चर्चा छ, रेल आउने कुरा रोमाञ्चक कुरा हो, आए त राम्रो हुन्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...