ट्रकको फल्स बटममा चरेस र अफिमको तस्करी

Charesh taskari

काठमाडौं । काठमाडौंमा एकैसाथ ठूलो परिणाममा लागु पदार्थ समातिएको छ ।

लागु औषध नियन्त्रण व्युरोले काठमाडौं भित्रिन लागेको २ सय १३ किलो चरेस र २ किलो २५० ग्राम अफिमसहित एकजना भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गरिएको अवैध आलु औषध नेपालको सुनौली नाकाबाट भारतको गोरखपुर हुँदै दिल्लीतर्फ ओसार पसार गर्न लागिएको खुलेको छ ।

डब्लु बी २३ बी ५८८५ नम्बरको भारतीय ट्रकमा काठमाडौं ल्याउँदै गरिएको चरेस र अफिमसहित चालकलाई शनिबार बिहान ५ बजे कलंकीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने ट्रकका चालक २५ वर्षीय मेराज आलम रहेका छन् । भारतको मोतिहारी जिल्लास्थित पूर्वी चम्पारणका उनले ट्रकमा फल्स बटम बनाइ चरेश र अफिम लुकाएका थिए ।

यसभन्दा अघि पनि पटकपटक उक्त ट्रकको प्रयोग गरी चालक मेराज आलमले अफिम तथा चरेसको ओसारपसार गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही ट्रकको प्रयोग गरेर यसअघि पनि पटकपटक चरेश र अफिम तस्करी भएको भेटिएको छ ।

नेपालबाट लागूऔषध खरिद गरेर भारत लैजाने कन्साइन्मेन्ट दिने समेत भारतीय नागरिक नै रहेको प्रहरीको दाबी छ । यद्यपि, उसको नाम भने खुलाइएको छैन ।

प्रतिकृया दिनुहोस