कार्यबहाकको अवसरपूर्ण ६ दिन : भोजदेखि निरीक्षणसम्म

Madhab kumar nepal

काठमाडौं । कुनै जमानामा माधवकुमार नेपालकै बोलवाला थियो । एक मात्र ठूलो पार्टी रहँदा तत्कालीन नेकपा एमालेका महासचिवको हैसियतमा नेपालले निक्कै तहल्का मच्चाएका थिए ।

उनी ८ वर्ष त महासचिव नै भएका थिए । त्यसयता उनले कहिले पनि पार्टीको नेतृत्व र कार्यबाहकको अवसर पाएका थिएनन् ।

केपी ओलीको बोलवाला चल्न थालेपछि भने नेपाल सधैं ‘नुन खाएको कुखुरा’ झैं बनेका थिए । अवसर नपाएपछि उनी र उनको गुट पार्टीमा निरीह नै बनेको थियो । जतततै ओलीबाद हावी भएपछि उनले कहिले पनि अवसर पाएनन् ।

तर, दुई ठूला पार्टी एमाले र माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि नेपालले तेस्रो वरियता नै भए पनि पहिलो पटक कार्यवहाक अध्यक्ष बन्ने मौका पाए । जुन अवसर उनले ओलीको चीन भ्रमण र दोस्रो वरियताका पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुर गएपछि पाएका थिए ।

धेरैलाई लाग्न सक्छ, यो दिन नेपालले केही गरेनन् । तर, उनले मौका पाउनसाथ ६ दिनमा पार्टीको बैठकदेखि विवाह भोजसम्म पुगेर अवसरको सदुपयोग गरे ।

सामान्यतय नेपाल बेफुर्सदी नेता नै हुन् । तर पनि पदीय हिसावमा उनी फर्सदिला बन्थे । बल्लबल्ल पाएको ६ दिनको समयमा उनले धुम्बाराही र पेरिसडाँडामा रहेको दुईवटा पार्टी कार्यालय निरीक्षण गर्न भ्याए ।

कार्यबहाक पाएको ६ दिन अर्थात् आज अन्तिम दिन । नेपालले आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई स्वागत अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् भने त्यसलगत्तै उनी सिधै कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभा उद्घाटन गर्न थली जाने कार्यक्रम रहेको उनका स्वकीय सचिव मोहन गौतमले बताए ।

यसरी बित्यो ६ दिन

पहिलो दिन
–प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा चीन भ्रमणका लागि विदाई
–स्व. डा.उपेन्द्र देवकोटाको पार्थिक शरीरमा आर्यघाटमा पुगेर अन्तिम श्रद्धाञ्जलि व्यक्त
–पार्टी केन्द्रीय कार्यालय, धुम्बाराही पुगेर कार्यालय निरीक्षण
–महासचिव विष्णु पौडेल, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र स्थायी कमिटी सदस्य भीम रावलसँग विभिन्न विषयमा ३ घण्टा छलफल
–बेलुकी कोटेश्वरका छिमेकीको विवाहको कार्यक्रममा पनि सहभागी

दोस्रो दिन
–बिहान १० बजे महासचिव विष्णु पौडेलसहित पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा पुगी कार्यालयको निरीक्षण
–कार्यालय सचिव प्रल्हाद बुढाथोकी, प्रकाश पोखरेल, युवराज चौलागाइँ, विदेश विभाग सदस्य लक्ष्मण पन्त एवम् केन्द्रीय नेताहरू भानुभक्त ढकाल, नेत्र पन्थीलगायतसँग सामूहिक फोटो सेसन
–महासचिव पौडेलसगँ छुट्टै छलफल
–दिउँसो पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग पनि छलफल

तेस्रो दिन
–पार्टी कार्यालय, पेरिसडाँडामा बिहानैदेखि भेटघाट, त्यस दिन १५० जनासँग भेटघाट
–प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योङ हकले पेरिसडाँडामा भेटवार्ता
–बेलुकी ५ बजे पेरिसडाँडामै सचिवालयको अनौपचारिक बैठकमा सहभागी

चौथो दिन
–बिहानै कोटेश्वरस्थित निवासमा कार्यकतासँग भेटेघाट
–दिउँसो दुई पटक बसेको संसद बैठकमा सहभागी
–साँझ झण्डै एक दर्जन नेता कार्यकर्ताहरूको विवाह तथा ब्रतबन्धमा सहभागी

पाँचौ दिन
–बिहान गोठाटारमा स्थानीय कार्यकर्ताको श्रद्धाञ्जलि सभामा सहभागी
–बिहान ११ बजे शंखरापुर नगरपालिकाको नगरसभा उद्घाटन
–आर्यघाटमा केन्द्रीय सदस्य डा. वंशिधर मिश्रका स्वर्गीय पिताप्रति श्रद्धाञ्जलि एवम् परिवारजनमा समवेदना व्यक्त
–केन्द्रीय सदस्य राजेन्द्र गौतम छोरीको विवाहमा सहभागी
–साँझ केही विदेशी पाहुनाहरूसँग भेटघाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...