के साच्चै पुलिस भर्सेज डनमान्डु भएकै हो ?

Dan news

काठमाडौं । केही वर्ष अघि रमेश खरेलले काठमाडौंमा ‘डन’ सफाय अभियान चलाए । केही समय काठमाडौंबाट डनहरुको भागाभाग पनि भयो । तर, डनको दादागिरी रोकिएन ।

अहिले फेरि काठमाडौंमा डनहरुलाई निस्तेज पार्ने अभियान सुरु भएको छ । त्यसका लागि प्रहरीले भित्री रुपमा काठमाडौंमा कति छन् डन भनेर सुची नै तयार पारेको छ ।

प्रहरीले तयार पारेको सुचीमा अहिलेसम्म काठमाडौंमा मात्रै १ सय ९० जना डन छन् । जसलाई प्रहरीले हायल कायल पार्ने गरी अभियान नै चलाउन थालेको छ ।

प्रहरीको सुचीमा रहेकामध्ये दीपक मनांगे उर्फ राजीव गुरुङ र स्याल भनिने सञ्जीव लामालाई पक्राउ गरिसकेको छ । प्रदेश ४ का सांसदसमेत रहेका मनांगे अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा स्वयम्भूबाट पक्राउ परेका थिए ।

त्यसबाहेक काभ्रेका चर्चित डन गणेश लामा र उनकै सहयोगमा हुर्किएका अशोक लामा थुनामै छन् । गणेश हातहतियार मुद्दामा पक्राउ गरिएको थियो । अशोकलाई जबरजस्ती चन्दा असुलेको अभियोगमा प्रहरीले खुट्टामा गोली हानी नियन्त्रणमा लिएको थियो ।

हेर्नुस् उच्च निगरानीमा रहेका डनहरु

–कपनका फुपू भनिने फुपुछिरिङ शेर्पा
–सोल्टिमोडका वसन्तकुमार भुसाल
–बालाजुका कान्छा भनिने दीपेन्द्र प्याकुरेल
–काभ्रेका स्याल भनिने सञ्जीव लामा
–रातोपुलका आशिष राई
–सोलुखुम्बुका कृष्ण खड्का
–गोंगबुका काले भनिने साजन महर्जन
–चाँगु नारायणका फिस्टे भनिने रामेश्वर गौतम
–सर्लाहीका श्याम मोक्तान
–संखुवासभाको दिदिङ–१ का दुर्गाबहादुर राई
–सामाखुसीका नेरू लामा
–भक्तपुरका नवीन विष्ट
–ठमेलका दीपक मनांगे भनिने राजीव गुरुङ
–बसुन्धराका निरे भनिने रिजन पौडेल
–महाराजगन्जका चक्रे मिलन भनिने मिलन गुरुङ
–नयाँ बानेश्वरका उमेश लामा
–बौद्धका केसी भनिने प्रवीण खड्का
–बौद्धकै दावा भनिने जितेन्द्र तामाङ
–स्वयम्भुका कारोतो गुरुङ
–स्वयम्भुकै कर्मा घले

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...