कम्युनिष्ट प्रधानमन्त्रीको धार्मिक स्थल घुमेरै बित्ने भयो दिन

Oli lasha puge

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली शुक्रबार तिब्बत पुगेका छन् । तर, तिब्बत पुगेका प्रधानमन्त्री ओली शनिवार भने दिनभर घुमेरै दिन बिताउने भएका छन् ।

बिहान दुई धार्मिक स्थलमा घुमफिर गरे । उनले बिहान तिब्बतका दुई धार्मिक स्थलको अवलोकन गरेका छन् । सुरुमा प्रसिद्ध मन्दिर पोतला दरबार घुमे । जोखाङ मन्दिर सातौँ शताब्दीमा नेपालबाट बुद्धको मूर्ति लगेर भृकुटीले स्थापना गरेको किंबदन्ती छ ।

त्यसपछि ओली तिब्बतियनको पवित्र मन्दिर जोखाङ पनि पुगेका छन् । तिब्बतियन भाषामा जोखाङ भनेको बुद्धको घर हो । यी दुवै मन्दिरको नेपालकी भृकुटीसँग साइनो छ ।

यस्तो छ आजको कार्यतालिका
दिउँसो प्रधानमन्त्री ओली ल्हासाबाट आधा घन्टाको दूरीमा रहेको छुसुई एग्रिकल्चर परियोजनाको अवलोकन गर्नेछन् ।

बिहानको घुमफिरपछि खाना खाएपछि उनी छुसुई परियोजना पुग्नेछन् ।

छुसुई एग्रिकल्चर परियोजना अवलोकनपछि साँझ प्रधानमन्त्री ओली नेपाल वाणिज्य दूतावासले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन् ।

प्रतिकृया दिनुहोस