त्यागे रविले अमेरिकन नागरिकता र पासपोर्ट, अब के गर्लान् त रविले ?

Rabi lamichhane

काठमाडौं । केही दिनयता कार्यक्रम प्रस्तोता रवि लामिछाने विदेशी नागरिक भएको विषय चर्चाको विषय बन्यो । अहिले फेरि उनी चर्चाको अर्काे पात्र बनेका छन् ।

त्यसरी एकपछि अर्काे गर्दै चर्चाको पात्र बन्नुको पछिल्लो कारण हो उनीविरुद्ध परेको मुद्दामा सरकार पछि हट्नु । नेपालका पत्रकारहरुको नियमन गर्ने निकाय प्रेस काउन्सिलले कारवाही फुकुवा गरेसँगै उनी थप चर्चाका पात्र बनेका छन् ।

लामिछानेले आफुले लिएको अमेरिकन नागरिकता र पासपोर्ट बुधबार अमेरिकी दुतावासमा पुगेर फिर्ता गरे । उनले विदेशी नागरिकता र पासपोर्ट त्याग्न मात्रै पनि २ लाख ५८ हजार ५ सय रुपैयाँ दस्तुर तिरेर बुधबार फिर्ता गरे ।

लामिछानेविरुद्ध परेको उजुरीउपर काउन्सिलले भनेको छ, ‘विगत ४ वर्षदेखि नेपालको अध्यागमन कानुन, श्रम कानुन, प्रेस कानुन उल्लंघन गर्दै आउनुभएका रवि लामिछानेमाथि आवश्यक कारबाही गरियोस् भनी प्रेस काउन्सिल नेपालमा परेको उजुरीमाथि छानबिन गर्ने क्रममा यही असार ६ गते निज लामिछानेले अमेरिकी राहदानी र नागरिकता परित्यागसम्बन्धी निवेदन दिएको जानकारी गृह मन्त्रालयबाट आज अपराह्न प्रेस काउन्सिल नेपालमा प्राप्त हुन आएको छ ।’

प्रेस काउन्सिलले गृह मन्त्रालयले लामिछानेले अमेरिकी नागरिकता र राहदानी त्याग सम्बन्धी निवेदन दिएकोबारे आफूलाई जानकारी गराएकाले यो मुद्धा टुंगिएको पनि स्पष्ट पारेको छ । योसँगै रवि लामिछानेविरुद्ध विदेशी नागरिक भएको कुरा टुंगिएको छ ।

यसअघि उनीमाथि आफ्नो घरमा जवरजस्ती छिरेर भिजुयल खिचेर समाचार बनाएको, उनी विदेशी नागरिक भएको, उनी पत्रकार नभएको, सूचना विभागबाट प्रेस पास नलिएको, प्रेस पास नलिई पत्रकारिता गरिरहेको जस्ता आरोप लागेको थियो ।

लामिछानेले आफुमाथि आरोपलाई केही समय अस्वीकार गरेका थिए । उनले आफु पत्रकार नभई कार्यक्रम प्रस्तोता मात्र भएको, अहिलेको अवस्थामा प्रेस पास लिनुभन्दा म यो पेशा नै त्यागेर दोबाटोमा जुत्ता पालिस गर्न पाए बरु गर्वको अनुभूति गर्ने, आफुँ ढोंगीहरुको अग्रता रहेको काउन्सिलले पठाएको पत्रलाई आगामी दिनमा प्राथमिकता नदिने, अमेरिकामा घर, गाडी इत्यादि खरिद गर्दा लागेको ऋण तिर्न बाँकी रहेको र अहिले अमेरिकी नागरिकता र पासपोर्ट फिर्ता गर्ने प्रोसेसमा रहेका जवाफ दिएका थिए ।

यस्तो छ काउन्सिलको विज्ञप्ती
विगत ४ वर्षदेखि नेपालको अध्यागमन कानुन, श्रम कानुन, प्रेस कानुन उल्लंघन गर्दै आउनुभएका रवि लामिछानेमाथि आवश्यक कारबाही गरियोस् भनी प्रेस काउन्सिल नेपालमा परेको उजुरीमाथि छानबिन गर्ने क्रममा यही असार ६ गते निज लामिछानेले अमेरिकी राहदानी र नागरिकता परित्यागसम्बन्धी निवेदन दिएको जानकारी गृह मन्त्रालयबाट आज अपराह्न प्रेस काउन्सिल नेपालमा प्राप्त हुन आएको छ ।

न्यूज २४ मा कार्यरत रहँदाका बखत उहाँद्वारा प्रसारित कार्यक्रमबारे परेका दुईवटा उजुरीको छानबिनका क्रममा २०७४ चैत २३ गते स्पष्टीकरण सोधिंदा उहाँले आफू विदेशी नागरिक नभएको, पत्रकार पनि नरहेको र श्रम इजाजत लिएको झूठो दाबीसहित प्रेस काउन्सिललाई २०७५ बैशाख ६ गते लिखित जवाफ दिनुभएको थियो । त्यसपछि पनि सामाजिक सञ्जालमार्फत् अशिष्ट, अपुष्ट र आपत्तिजनक टिप्पणीहरु प्रेस काउन्सिलका सन्दर्भमा पोष्ट गर्दै आउनुभएपछि काउन्सिलले उहाँको नेपाल बसाई र यहाँ रहँदा काम गर्ने वैधताबारे सम्बन्धित निकायहरुमा २०७५ असार ४ गते पत्राचार गरेको थियो । त्यसको ४८ घण्टा नबित्दै २०७५ असार ६ गते निज लामिछानेले आफूले अमेरिकी दूतावासमा रु. २,५८,५००।— दस्तुर बुझाई अमेरिकी नागरिकता र राहदानी परित्याग गरेको जानकारी गराउँदै अध्यागमन विभागलाई निवेदन दिनुभएको छ । नेपालमै रही सञ्चारसम्वद्ध पेशा व्यवसायमा संलग्न हुने उहाँको व्यक्तिगत रुचीको कदर गर्दै प्रेस काउन्सिल नेपाल उहाँलाई सार्वभौम राष्ट्रको प्रचलित नियम, कानुन, विधि, प्रक्रियाको पूर्ण परिपालना गर्न, पेशागत मर्यादामा ध्यान दिन तथा आफ्ना लेखाई वा प्रस्तुतिहरुमा शिष्टता, जिम्मेवारीवोध र पेशागत शुद्धताको ख्याल गर्दै विद्युतीय कारोबार ऐनलगायत तत्सम्बन्धी प्रचलित अन्य कानुनहरुको समेत उल्लंघन नहुने कुरामा ध्यान पु¥याउन निर्देशित गर्दछ ।

प्रेस काउन्सिल नेपाल पत्रकारिता पेशाको उच्चतम आचरण पालनामार्फत् यसको गरिमा र पत्रकारहरुको पेशागत सुरक्षा तथा प्रतिष्ठा प्रवद्र्धनमा सतत क्रियाशील छ । पवित्र ध्येयका साथ यस संस्थाबाट भए गरिएका कुनै पनि काम–कारबाहीउपर बदनियतपूर्ण र अवाञ्छित टिका–टिप्पणी कसैकसैबाट भइरहेको पाइएकोले सोप्रति दुःख व्यक्त गर्दै तथ्यसहितको तर्क्विना कुनै पनि खालका सतही टिका–टिप्पणी नगर्न/नगराउन सम्बद्ध पक्षमा आग्रह गरिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...