काठमाडौंको चीनको रेल चाँडै

Oli ci vet 6

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने नेपालका प्रधानमन्त्रीलाई विश्वास दिलाएका छन् ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भएको भेटमा राष्ट्रपति सीले नेपालको पूर्वाधार विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सो भेटमा पूर्वाधार विकास नेपालको प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले रेल्वे र उत्तर दक्षिण जोड्ने सडक तथा नाका खुलाउनुपर्नेमा जोड दिएका थिए । ओलीको जवाफमा राष्ट्रपति शीले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

चीनले पूर्ण अनुदानमा बनाउन नमाने केही अनुदान र केही सहुलियतपूर्ण ऋणमा भए पनि बनाउने सरकारको योजना छ । रेल्वे निर्माणबारे बिहीबार दुई देशबीच सम्झौता पनि हुँदैछ । चीनसँग रेल्वेको डीपीआर निर्माणबारे समझेदारी हुन लागेको हो ।

अहिले जारी रहेको पूर्वसम्भाव्यता अध्ययन अगस्टमा सकिनेछ । नेपालले अनुदानमा बनाइदिन आग्रह गरे पनि रेल्वे निर्माणको मोडालिटी टुंगिएको छैन ।

राष्ट्रपति सी नेपालले अघि सारेको प्राथमिकता र दृष्टिकोणको सानिध्यमा रहेको पाएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘छलफलबाट हामी उत्साहित छौं ।’

प्रतिकृया दिनुहोस