कोशी ब्यारेजमा खस्यो ट्रक, २ को मृत्यु

Koshi barrage 1

धरान । कोशी ब्यारेजको पुलमा ठोक्किएर जेसीबी डोजर बोकेको ट्रक नदीमा खस्दा २ जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आइरहेको ना ४ ख ३५६ नम्बरको ट्रक सुनसरीस्थित कोशी ब्यारेजमा रहेको पुलमा ठोकिएर सप्तकोशीमा खसेको थियो ।

नदीमा खस्दा विनोद बराइली र घनश्याम चौधरीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको सो ट्रक ब्यारेजको २० र २१ नम्बर ढोकामा ठोक्किँदै नदीमा खसेको थियो । घटनामा ९ जनालाई उद्दार गरिएको थियो ।

घाइतेमध्ये ३ जनालाई थप उपचारका लागि बिराटनगरस्थित बिराट नर्सिङ होम लगिएको छ ।

प्रतिकृया दिनुहोस