कन्चनजंगा कन्ट्रक्सनको कार्यालयमा बम विस्फोटनको प्रयास

Vetiyo bam

धनकुटा । धनकुटा जिल्लाको पाख्रिवास नगरपालिका वडा नं. ४ मा अज्ञात समुहले बम राख्दा स्थानीय त्रसित भएका छन् ।

अज्ञात समुहले आज बिहान पाख्रिवास –४ स्थित निरौला गाउँमा बुधबार बम राखेको थियो ।

सो अज्ञात समुहले ज्ञानबहादुर बस्नेतको घरमा कन्चनजंगा कन्ट्रक्सनको अफिस राखिएको थियो । सडक निर्माणका लागि राखिएका औजार नजिक बम राखेका थिए । सो समुहले बम राखेपछि प्रहरीलाई खबर गरेको थियो ।

बम राखेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङको नेतृत्वमा गएको सुरक्षाकर्मीको टोलीले सो बमलाई बिहान ७ बजेमात्र डिस्पोज गरिएको थियो ।

वडाध्यक्ष सोवित निरौलाका अनुसार बिहान साँढे २ बजे नै प्रहरीले प्रहरी सो स्थानमा पुगेको थियो । उनका अनुसार कन्चनजंगा कन्ट्रक्सनले प्रयोग गर्दै आएको स्काइभेटरको मुनि ढुङ्गाले किचेर बम राखिएको थियो । यसलाई प्रहरीले भने शंकास्पद बस्तु भनेको छ ।

कन्चनजंगा कन्ट्रक्सनले हिले–पाख्रिबास सडक निर्माण गर्दै आएको छ । कन्चनजंगा कन्ट्रक्सनका ज्ञानबहादुर बस्नेतले सडक निर्माणका क्रममा कमसल निर्माण सामाग्री प्रयोग गरेको, सडक निर्माणका बेला अनियमितता गरेको जस्ता आरोप लगाउँदै केही समयअघि नेत्र विक्रम चन्द नेतृत्वको माओवादीले कारवाही गर्ने चेतावनी विज्ञप्तीमार्फत दिएको थियो ।

बस्नेत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवार थिए । 

प्रतिकृया दिनुहोस