चिनियाँ राष्ट्रपति सी चिनफिङसँग ओलीको भेटवार्ता आज

Nepal china

बेइजिङ । ६ दिने आपचारिक च्रमणमा चीन पुगेका नेपालका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच आज भेटवार्ता हुँदैछ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेटवार्ता गर्दैछन् । भेटवार्तामा दुई पक्षीय हितका विभिन्न विषयमा छलफल हुने बताइएको छ।

आफ्ना चिनियाँ समकक्षी ली खछियाङको औपचारिक निमन्त्रणामा चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चनिसँग विकास, पूर्वाधार, रेलमार्गआदी विषयमा सम्झौता हुने बताएका छन् । चीन र नेपालबीच अघिल्लो भ्रमणमा भएका सन्धि सम्झौताको कार्यान्वयन र थप नयाँ सम्झौताहरू गरिँदैछ ।

सन् २०१६ मा ओलीले चीन सरकारसँग १० बुँदे सहमति गरेका थिए । जसमा ट्रान्स हिमालय नेटवर्कअन्तर्गत रेलवे, सडक मार्ग, क्रस बोर्डर ट्रान्समिसन लाइन, पारवहन लगायतका विषय बढाउने सहमति भएको थियो । दुई वर्षको अवधिमा उक्त सहमतिहरू कार्यान्वयनतर्फ बढ्न सकेका छैनन् ।

 

प्रतिकृया दिनुहोस