११९ जनाको जम्बो टोलीसहित ओली उढे चीन

Oli chuna vraman suru

काठमाडौं । १ सय १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली खछ्याङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली मंगरबार बिहान चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन् ।

ओलीको भ्रमण दलमा टोलीमा पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला विज्ञ डा. राजन भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी, अर्थसचिव डा. राजन खनाल, परराष्ट्रसचिव शंकरदास वैरागी, वाणिज्य सचिव चन्द्रकुमार घिमिरे, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणालगायत छन् ।

हिमालयन एयरलाईन्सको विमान चार्टर गरि चीन ओली चीन उडेका छन् । चीन भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । साथै ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार अपराहृन चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस