अझै बनेनन् भूकम्पले भत्काएका साँढे चार सय विद्यालय

Bhukmpa bat xati

काठमाडौं । भूकम्पले क्षतिग्रस्त चार सर ५० विद्यालय अझै पुनर्निर्माण हुन सकेको छैनन् ।
२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी ७ हजार ९ सय २३ वटा विद्यालयमा क्षति पुगेको थियो ।

क्षति पु-याएका मध्ये ३ हजार ७ सय ८५ वटा विद्यालय पुनर्निर्माणको काम सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तरगतको केन्द्रीय आयोजना कार्यान्वयन शिक्षा इकाईका आयोजना निर्देशक इमनारायण श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले निर्माण सामग्रीको मूल्यमा आएको उतारचढावका कारण विद्यालय पुनर्निर्माणको कामले गति लिन नसकेको स्पष्टिकरण दिएका छन् । प्राधिकरणले विद्यालयको पुनर्निर्माणमा स्थानीयको माग पनि बाधकको रुपमा रहेको दावी गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित भूकम्पपछिको पुनर्निर्माणको कामको प्रगतिबारे समिक्षा गर्न आयोजित कार्यक्रममा बोल्दै आयोजना निर्देशक श्रेष्ठले जग्गा नभएका कारण करिव ४ सय ५० वटा विद्यालय पुनर्निर्माण तत्काल अघि बढाउन सकिने अवस्था नरहेको पनि जानकारी दिए ।
सरकारले विद्यालय पुनर्निर्माणको काम विद्यालय व्यवस्थापन समिति, विभिन्न आयोजना र गैरसरकारी संस्थाहरुलाई दिएको छ ।

प्रतिकृया दिनुहोस