परीक्षा प्रणालीबाट न्यायधीश नियुक्तिको निर्णय बदर गर्न माग

Adalat

काठमाडौं । न्याय परिषदको परीक्षा प्रणालीबाट जिल्ला न्यायाधीश नियुक्ति गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ ।

न्याय परिषदले परीक्षा प्रणालीबाट १६ जना जिल्ला न्यायाधीशहरु नियुक्त गरिसकेको छ । न्याय परिषदको सो निर्णय बदर गर्न माग गर्दै उज्ज्वलराम श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

संविधान र न्याय परिषद ऐन बाझिने गरी गरिएको सो निर्णय बदर गर्नुपर्ने रिट निवेदक श्रेष्ठको दावी रहेको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए ।

न्याय परिषदको निर्णय अनुसार परीक्षा प्रणालीबाट १६ जना जिल्ला न्यायाधीशहरु नियुक्त भईसकेका छन् । सोही निर्णय बदर गर्न माग गर्दै दायर गरिएको रिटमा न्याय परिषद र न्याय सेवा आयोगलाई विपक्षी बनाइएको छ ।

प्रतिकृया दिनुहोस