अभागी कांग्रेस : दुई वर्षे जति कांग्रेसकै भागमा

Samsad vot komal

काठमाडौं । पछिल्लो समयमा नेपाली राजनीतिमा नेपाली कांग्रेसलाई अफावसिद्ध भएको छ । त्यति मात्रै होइन, गोलाप्रथामा समेत कांग्रेसलाई फाव भएन ।

सोमाबार राष्ट्रियसभामा १३ जना सांसद रहेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सात जना सांसद परे । गोलाप्रथा गरेर कार्यकाल निर्धारण गर्ने क्रममा दुई वर्षे कार्यकाल कायम भएकाहरूमा थोरै संख्यामा रहेका विपक्षी दलका सांसदहरू नै धेरैमा परेका छन् । २ जना सदस्य रहेको राष्ट्रिय जनता पार्टीका दुवैजनाको कार्यकाल २ वर्षको हुने छ ।

राष्ट्रियसभामा ४० जना सांसद रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ८ जना मात्रै सांसदको कार्यकाल २ वर्षको भएको छ । २ जना मात्रै सदस्य रहेको संघीय समाजवादी फोरमका १ जना सांसदको कार्यकाल २ वर्षमै सकिने छ ।

बादल भाग्यमानी
मनोनित तीनजना सासंदमध्ये सबैभन्दा भाग्यमानी गृहमन्त्री रामबहादुर थापा बनेका छन् । अर्थमन्त्री युवराज खतिवडा भाग्यमानीको लिष्टमा परेनन् । उनी २ वर्षे कार्यकालै सांसद च्वाट हुनेछ । तर बादलको कार्यकाल ६ वर्षको भएको छ ।

अर्थमन्त्रीले आफ्नो मन्त्रीपद कार्यकाल सकिएको छ महिनासम्म सांसद पद गुम्दा पनि कायम राख्ने संवैधानिक व्यवस्था छ । तर त्यसपछिका लागि भने उनी पुनः सांसद निर्वाचित वा मनोनित भएर आउनुपर्ने छ ।

२ वर्षपछि पद रिक्त हुने १९ जना सांसदका लागि निर्वाचन हुने छ । उक्त निर्वाचनबाट विजयी भएर आउने सांसदहरुको कार्यकाल ६ वर्षको हुनेछ । राष्ट्रियसभा स्थायी प्रकृतिको सदन मानिने हुनाले शुरुको राष्ट्रिय सभामा एक तिहाई सदस्यलाई २ वर्षे, एक तिहाईलाई ४ वर्षे अनि एक तिहाईलाई ६ वर्षे अवधि हुने गरी गोलाप्रथाबाट कार्यकाल निर्धारण हुन्छ ।

प्रतिकृया दिनुहोस