चीन जानुअघि नै चीनको प्रशंसा गरे ओलीले

मुलुकको हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रबिन्दुमा राखेर काम गरिने छ

Kp oli

काठमाडौं । चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा चीन भ्रमणको जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले चीनले जानुअघि नै चीनको प्रसंशा गरे । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उत्तिकै प्रशंसा गरे ।

‘हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गरेको छ’ उनले भने, ‘ऊ कमजोर भएको बेलामा पनि हामीलाई धेरै क्षेत्रमा सहयोग गरेका थियौं ।’

‘भूकम्पपछि तातोपानी नाका चलिरहेको छैन । विभिन्न बाटाहरुको बारेमा हामीले चीनसँग कुरा गरेका छौं’ उनले भने, ‘थप केही बाटोहरु, थप करिडोरहरुमा समझदारी हुने सम्भावना छ ।’

‘म यो गरिमामय सदनलाई विश्वास दिलाउन चाहन्छु, मेरो भ्रमणको अवसरमा दुई पक्षबीच गरिने सबै सम्झौता, समझदारी र छलफलहरु जे हुन्छन्’ उनले भने, ‘ती सबै मुलुकको बृहत्तर हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रबिन्दुमा राखेर नेपालको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर गरिनेछ ।’

यस्तो छ उनको सम्बोधन
अहिले हामी समय खेर फाल्ने अवस्थामा छैनौं । हामी वादविवादमा अल्झिएर समय ब्यतित गर्ने स्थिति छैन । हामीले प्रशासनिक क्षेत्रमा, सुशासनको क्षेत्रमा बेथितिहरु रहेका छन् तिनलाई नियन्त्रण गर्न जरुरी छ ।

छिमेकी र अन्तर्राष्ट्रिय सुमदायसँग सम्बन्ध अझ सुदृढ गर्नुछ । हाम्रा मित्रहरुसँगको मित्रता अझ कसिलो र व्यवहारिक र पारस्परिक लाभदायक बनाउन जरुरी छ ।

यसर्थमा हामी छिमेकीहरुसँगको सम्बन्धलाई विशेष जोड दिइरहेका छौं । त्यसै कारण सरकार बन्ने बित्तिैकै म भारत भ्रमणमा गएँ । अब भारतसँग सुदृढ सम्बन्ध बनेको छ । त्यसका विभिन्न लक्षण देखिन थालेका छन् ।

तराईको बाढीको समस्यालाई लिएर दश दिनपछि संयुक्त टोली तराई जाँदैछ । नेपाल र भारतबीच भएको सन् १९५० को सन्धिका विषयमा जुलाईको पहिलो हप्ताभित्र प्रबुद्ध समूहले सही निष्कर्ष निस्कने कुरामा म विश्वस्त छु । विराटनगरस्थित भारतको अस्थाई कार्यालय हटेको छ । हामीले भारतसँग बहु एयर इन्ट्री पाएका छौं ।

यसअघि सिमरा एउटा विन्दू मात्र रहेकोमा अब विराटनगर, जनकपुर, नेपालगन्ज र महेन्द्रनगरका रुट पनि हामीले पाएका छौं । यसलाई सन्धिको रुप दिन बाँकी छ तर समझदारी बनिसकेको छ । स्टिमरहरु कहाँ कहाँसम्म ल्याउन सकिन्छ त्यसको सर्भे भइरहेको छ ।

काठमाडौं–वीरगन्ज रुटमा रेल सञ्चालन गर्न सर्वेको काम भइरहेको छ । अहिले भारतको रेल्वे सर्वे टोली काठमाडौंमै छ । यस्ता अनगिन्ती काममा प्रगति भइरहेको छ । माननीयज्यूहरुलाई अनौठो लाग्ला यो सब काम यसरी फटाफाट कसरी भइरहेको छ भनेर ।

छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजी नेपाल आउनुभयो । सेक्युरिटीका विषयमा कतिपय टिकाटिप्पणी भएको पनि सुनिए । तर वास्तविकता के हो भने हामी भारत जाँदा पनि युनिफर्ममै सेक्युरेटी लिएर जाने हो । आजको दुनियाँमा सेक्युरिटीको विषय देश, काल, परिस्थितिले तय गर्छन् । यस्ता अनावश्यक कुरा उठे पनि भ्रमण सफल रहेको छ ।

अहिले अफ सिजनमा पनि पोखराका होटलमा कोठा पाउन मुश्किल छ । जोमसोमतिर त्यस्तै छ । चीन सरकारका प्रधानमन्त्री महामहिम ली खछ्याङको निमन्त्रणमा भोलि बिहान जाने र १० गते बिहान फर्किने गरी चीनको औपचारिक भ्रमण गर्दैछु ।

प्रतिकृया दिनुहोस