बाजेको सेकुवाका कर्मचारी भन्छन्, ब्यक्तिका कारण हाम्रो रोजिरोटी नखोस

Bajeko sekuwa

काठमाडौं । तीन हजार आठ सय किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणमा मुछिएका बाजेको सेकुवाका सञ्चालक चेतनाथ भण्डारीको गिरफ्तारीसँगै शिलबन्दी गरिएका रेष्टुरेन्ट खोल्न मजदुरहरुले माग गरेका छन् ।

बाजेको सेकुवाका कर्मचारीहरुले आइतबार पत्रकार सम्मेलन गरी आफ्नो रोजीरोटी नखोस्न आग्रह गरेका हुन् ।

कर्मचारीहरुले सुन प्रकरणमा मुद्दा चलाइएका व्यक्ति चेतनाथ भण्डारी र बाजेको सकुवा प्रा.लि. अलगअलग भएको भन्दै व्यक्तिगत मुद्दाका कारण डेढ सय बढी परिवारको रोजिरोटी खोसिएको गुनासो गरे।

शिलबन्दी गरिएका ६ वटै शाखाका कर्मचारीहरू अनामनगरस्थित बाजेको सेकुवाको भवन अगाडि पत्रकार सम्मेलन गरी रेष्टुरेन्ट खोल्नुपर्ने माग गरे।

मजदुरहरुले एउटा ब्यक्तिलाई लागेको मुद्दाका कारण सयौं परिवारलाई विचल्लीमा पारिएको भन्दै रेष्टुरेन्ट सञ्चालनका लागि मजदुर संगठन र सरकारको ढोका ढक्ढक्याउने बताए।

प्रतिकृया दिनुहोस