घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत

Petrol mulya

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध युवा विद्यार्थीले निरन्तर सडक आन्दोलन गरेपछि बल्ल सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाइको छ । अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ । यसअघि लिटरको ११३ रुपैयाँ थियो ।

डिजेल र मिट्टतेलको मूल्य पनि प्रतिलिटर २/२ रुपैयाँ घटाएको छ । अब डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ९३ रुपैयाँ भएको छ । यसअघि प्रतिलिटर मूल्य ९५ रुपैयाँ थियो । ग्यासको मूल्य भने यथावत राखेको छ ।

आईओसीले प्रत्येक १५/१५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउँछ । शनिबार आईओसीले मूल्य घटाएर सूची पठाएको थियो । खरिद सामान्य मूल्य बढ्दा पनि आन्तरिक बजारमा भाउ बढाइहाल्ने सरकारले मूल्य घटदा भने अधिक नाफा राखेर तेल बेच्ने गरेको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्यको बाहना बनाएर तेलको भाउ बढाएको भन्दै सरकारको तीव्र आलोचना भएको थियो ।

प्रतिकृया दिनुहोस