२१ सह–सचिवको सरुवा ! कहाँ सरुवा भए ? हेर्नुस् सुची

Sthaniya bikas mantralay

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैसाथ २१ सह–सचिवको सरुवा गरेको छ । केन्द्रीय निकाय र प्रदेशका विभिन्न मन्त्रालयका २१ सह–सचिवको काज सरुवा गरेको हो ।

प्रदेश १ को मुख्यमन्त्रीको कार्यालयका सन्तोष श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा सरुवा गरेको छ । प्रदेश १ कै आन्तरिक मामिला मन्त्रालयका यज्ञबहादुर खत्रीलाई मुख्य मन्त्रीको कार्यालय, निर्वाचन आयोगका गंगाराम गेलाललाई प्रदेश १ को आन्तरिक तथा कानुन मन्त्रालयमा सरुवा गरेको छ ।

आइतवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश २ का आर्थिक मामिला मन्त्रालयका बिसु केसीलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त, प्रदेश ३ का आन्तरिक मामिला मन्त्रालयका बलदेवप्रसाद जोशीलाई प्रदेश १ को मुख्य मन्त्रीको कार्यालयमा सरुवा गरेको छ ।

प्रदेश २ का आन्तरिक मामिला मन्त्रालयका देवीराम भण्डारीलाई सामाजिक विकास मन्त्रालयमा सरुवा गरेको छ । सामाजिक विकास मन्त्रालयका किरण रुपाखेतीलाई आर्थिक मामिला मन्त्रालयमासरुवा गरेको छ भने सामान्यका जगदीश रेग्मीलाई प्रदेश २ को आन्तरिक मामिला मन्त्रालय सरुवा गरेको छ ।

सामान्यका राजकुमार श्रेष्ठलाई प्रदेश ३ को आन्तरिक मामिला मन्त्रालय, प्रदेश ७ का आन्तरिक मामिला मन्त्रालयका पिताम्बर घिमिरेलाई मुख्य मन्त्रीको कार्यालयमा सरुवा गरेको छ । यता, सामान्यका शंकर अर्याललाई प्रदेश ७ को आन्तरिक मामिला मन्त्रालयमा, सामान्यकै श्यामराज अधिकारीलाई सामाजिक सुरक्षा कोषको सचिवालयमा सरुवा गरेको छ ।

सामान्य प्रशासनका केवल भण्डारीलाई प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा, प्रदेश ३ का भूमि तथा कृषि मन्त्रालयका वंशी शर्मालाई प्रदेश २ को भुमि तथा कृषि मन्त्रालयमा सरुवा गरेको छ ।

प्रदेश २ का कृषि मन्त्रालयका विजयचन्द्र झालाई प्रदेश ३ को कृषि मन्त्रालयमा सरुवा गरेको छ भने गृह मन्त्रालयका ऋषिराम तिवारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन् ।

वन तथा वातावरण मन्त्रालयकी लक्ष्मीकुमारी वस्नेतलाई राष्ट्रपतिको कार्यालय, प्रदेश ५ का आन्तरिक मामिला मन्त्रालयका प्रेमप्रसाद भट्टराईलाई प्रदेश सभा सचिवालय, प्रदेशसभा सचिवालयका मान बहादुर आन्तरिक मामिला मन्त्रालयमा सरुवा भएका छन् ।

त्यसैगरी सूचना तथा सञ्चार प्रविधिका प्रेमकुमार श्रेष्ठलाई वेपत्ता छानबिन आयोग, प्रदेश ३ का आर्थिक मामिलाका वसन्त अधिकारीलाई, प्रदेश ५ को मुख्य मन्त्रीको कार्यालयमा सरुवा गरिएको छ ।

प्रतिकृया दिनुहोस