ठूलो दूर्घटनाबाट जोगियो यति एयरलाइन्सको विमान

Yeti airlines

पोखरा । यति एयरलाइन्सको जहाज ठूलो दूर्घटनाबाट जोगिएको छ ।

काठमाडौँबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरण हुने क्रममा सो जहाजको हाइड्लिक फेल भएको थियो ।

पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक फेल हुँदा धावन मार्ग छोडेर अचानक लुक एरियाततर्फ गएको थियो । सो विमानमा चालकसहित ३३ यात्रु सवार थिए ।

लोक चन्द पाइलट र मोनिका प्रजापति कोपाइलट रहेको सो विमान धावन मार्गबाट लगभग १५ मिटर बाहिर गएको थियो । तर, कुनै अप्रिय घटना भने भएन ।

प्रतिकृया दिनुहोस