अरुण तेस्रो आयोजनाको सुरुङमा पुरिएकाको ३८ घण्टापछि सकुशल उद्दार

Arun 3 pahiro

संखुवासभा । अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको सकुशल उद्दार गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङभित्र पुरिएका ४ जनालाई ३८ घण्टापछि सकुसल उद्दार गरेको हो ।

कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारतकै बिहारका ४५ वर्षीय नन्क किशोर हिजो राती पहिरोमा परेका थिए ।

उनीहरु शुक्रबार करिब ९ बजेबाट सुरुङमा फसेका थिए । पहिरोमा फसेपछि खोज्ने क्रममा आइतबार बिहान उद्दार टोलीले ठूलो ढुंगामा प्वाल पारेको थियो ।

सो प्वालबाट उज्यालो छिरेपछि उनीहरुको आवाज सुनिएको थियो । साही आवाजको भरमा उज्ञारकर्ताले धेरै मेहेनत गरेका थिए । उनीहरुलाई डोरीको प्रयोग गरेर उद्दार गरिएको बताइएको छ ।

मकालु ५ मा रहेको बाँध निर्माण स्थलमा हाल सुरुङ मार्गसहित अन्य आयोजनाको निर्माण कार्य सञ्चालन भइरहेको थियो । पहिरो नरोकिँदा र वर्षा पनि भइरहँदा उद्धारमा समस्या देखिएको थियो ।

सुरुङमार्ग निर्माण भइरहेको स्थानमा माथिबाट पहिरो खसेको थियो। शनिबार दिनभरि ४ वटा स्काभेटरले पहिरो पन्छाएका थिए । तर, फसेकालाई निकाल्न सकिएको थिएन । र आइतबार बिहान साढे ११ बजे उनीहरुको उद्वार गरिएको हो ।

प्रतिकृया दिनुहोस