महंगीविरुद्ध युवा शक्तिको राजधानीमा खवरदारी

Rpp pradarsani

काठमाडौं । देशमा अचाक्ली महंगी बढ्दै गएको भन्दै एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) निकटका युवा संगठनले राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

दिनदिनै बढ्दै महंगी, विकृति र भ्रस्टाचारविरुद्द राष्ट्रिय युवा शक्तिले शनिवार काठमाडौंमा खवरदारीसभामार्फत महंगकिो मारमा नपार्न सरकारलाई आग्रह गरेको छ ।

सो खवरदारी सभामा युवाहरुले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि तत्काल फिर्ता लिन माग गरे । उनीहरुले पछिल्लो दिनमा मौलाएको भ्रष्टाचार रोक्न र जनताप्रति जवाफदेही बन्न सरकारसँग माग पनि गरे ।

सो खवरदारीसभामा एराप्रपा (राष्ट्रवादी)का कार्यवहाक अध्यक्ष गणेश शेरचनले सरकारको लाचारपनले जनता आजित भएको बताए । उनले ततकाल महंगी नियन्त्रण गर्न आग्रह पनि गरे ।

सो खवरदारीसभामा उपाध्यक्ष तारानाथ लुइँटेल, केन्द्रिय सदस्य श्याम घिमिरे, युवा शक्तिका बरिष्ट उपाध्यक्ष शिब खनाल लगायतले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाए ।

यस्तो कार्यक्रम काठमाडौंको चोकचोकमा गरेर जनतालाई सुसुचित गर्ने अभियानअन्तरगत शनिवार शान्तिबाटिका खवरदारी सभा गरिएको राजु लोहनीले बताए ।

प्रतिकृया दिनुहोस