तातोपानी नाका खोल्न प्रधानमन्त्रीसँग आग्रह

Tato naka

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिन्धुपाल्चोकका जनप्रतिनिधिले तातोपानी नाका खोल्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीको आशन्न चीन भ्रमणको पूर्वसन्ध्यामा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सासंद अग्नि सापकोटाको नेतृत्वको एक टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बालुवाटारमा पुगेर नाका सञ्चालनको पहल गरिदिन आग्रह गरेको हो ।

भूकम्पपछि तातोपानी नाका बन्द हुँदा राज्यले ठूलो आर्थिक संकट व्यहोर्न परेको भन्दै सापकोटासहितको टोलीले प्रधानमन्त्रीको चीन भ्रमणमा तातोपानी नाका सञ्चालनलाई प्रमुख प्राथामीकता दिन समेत आग्रह गरेको छ ।

भूकम्प, भोटेकोशी बाढी र जुरे पहिरोले यस क्षेत्रको जलविद्युत आयोजना, विद्युत लगायत अन्य भौतीक संरचनाहरु अझै पनि पुनर्निर्माण हुन नसकेकाले यसलाई पनि प्राथामिकतामा राख्नका लागि टोलीले प्रधानमन्त्री समक्ष आग्रह गरेको थियो ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले तातोपानी नाका खोल्न सरकारले पहल गरिरहेको र चीन सरकार पनि सकारात्मक रहेको बताएका थिए ।नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार २०७२ साल वैशाख १२ र २९ गते गएको बिनासकारी भूकम्प भूकम्प पछि बन्द छ ।

प्रतिकृया दिनुहोस