मुद्दा लेख्दालेख्दै प्यूठानमा २ जनाको मृत्यु

Mrityu 1

प्यूठान । प्यूठानमा एक जोडीको रहस्यमय ढंगले मृत्यु भएको छ । झिमरुक –५ का शिरबहादुर जिसी र सृष्टि जिसीको जिल्ला प्रहरी कार्यालयमा मुद्दा लेखिरहेका बेला रहस्यमय ढंगले मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयमा उनीहरुले हाडनाता करणी गरेको मुद्दा लेखिररहेका बेला उनीहरु दुबैको मृत्यु भएको थियो । प्रहरी चौकी ओखरकोटले उनीहरुलाई पक्राउ गरेको थियो ।

त्यहाँ कुरो नमिलेपछि जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो । दुबै जनाले विष सेवन गरेको हुनसक्ने अनुमान गरिएको छ । तर, प्रहरीले मच्छीबाट आफ्नै गाडीमा सदरमुकामसम्म ल्याएको हुँदा उनीहरुको मृत्यु शंकास्पद बनेको छ ।

बाटोमा चिया खान होटलमा गएका बेला उनीहरुले विष खाएको हुनसक्ने प्रहरीको अनुमान छ । तर ज्यान गुमाएकाका आफन्तले भने प्रहरीले हिरासतमा राखेर यातना दिएर यस्तो घटना हुन पुगेको आरोप लगाएका छन् ।

यता प्यूठानका प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले उनीहरुलाई हिरासतमा नराखिएको बताएका छन् । उनले आफूहरुसँग सीसी क्यामेराको भिडियो सुरक्षित रहेका कारण यातना नदिएको आरोपको खण्डन गरेका छन् ।

प्रतिकृया दिनुहोस