आकासबाटै धमिलो पानी ! कसरी आयो ? यस्तो छ कारण

Aakasko dhamilo pani

काठमाडौं । पहिलोपटक आकासबाटै धमिलो पानी पर्दा कसलाई अचम्म लाग्दैन र ? त्यो पनि आफ्नै देशमा । गएराति आकासबाट धमिलो पानी वर्षा भएपछि सबैलाई कौतुहता छाएको छ ।

कसरी आकासबाट धमिलो पानी पर्छ ? कतै कलियुगमा यस्तै त हुँदैन ? धेरैले शनिवार विहानदेखि नै सामाजिक सञ्जालहरुमा ब्याङ्ग्य पनि गरिरहेका छन् । तर, मौसमविदहरुले भने राजस्थान आसपासको मरुभूमिमा धुलोको हुरी चलिरहेका कारण नेपालमा आकासबाट धमिलो पानी वर्षा भएको हो ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजस्थान आसपासको मरुभूमिमा अझै पनि धुलोको हुरी चलिरहेको र त्यो पूर्व्तिर सर्ने क्रम जारी रहेको हुँदा मनसुन सक्रिय भई देशको पश्चिम भागसम्म नफैलिँदा अझै केही दिन सो धुलोको प्रभाव नेपालको वायुमण्डल तथा पर्ने पानीमा देखिने सम्भावना छ ।’

जल तथा मौसम विज्ञान विभागले नै शुक्रवार राति र शनिवार बिहान नेपालमा विभिन्न स्थानमा धमिलो पानीको वर्षा भएको जनाएको छ । विभागले अझैं केही दिनसम्म धमिलो पानी वर्षा हुनसक्ने जनाएको छ ।

राजस्थानको जमिनबाट सात÷आठ किलोमिटर माथि रहेको त्यो धुलोको तह नेपालसम्म आउने क्रम जारी रहेको छ । अझै एक÷दुई दिन धुलो मिसिएको धमिलो पानीको वर्षा हुने क्रम जारी रहन सक्छ ।

विभागले अझैं केही दिनसम्म आकासबाट धमिलो पानी वर्षा हुँदा नआत्तिन आग्रह पनि गरेको छ । विभागकै विज्ञप्तिमा यो अवस्था अझै केही दिनसम्म रहनसक्ने उल्लेख गरिएको छ ।

खान अयोग्य
केही वर्षअघिसम्म आकासे पानी खान योग्य छ भनिँदै आएको थियो । तर केही दिनदेखि राजस्थानको मरुभुमीमा बालुवाको मात्रा धेरै आकासमा फैलिएको छ । यसले पानीलाई दुसित बनाएको छ ।

त्यही भएर पनि यो पटकको आकासे पानी खान अयोग्य रहेको विज्ञहरूले बताएका छन् । मौसमविद् मिनकुमार अर्यालले भने, ‘तर यसरी धमिलो पानी पर्न थालेपछि आकाशे पानी पिउनुअघि विचार गर्नुपर्ने भएको छ । यस्तो पानी पिउन योग्य छैन ।’

प्रतिकृया दिनुहोस