डा. केसीले ओलीलाई भने, यहीबाट लड्छौं कसरी रोक्दा रहेछौ हेरौं

Dr.kc

काठमाडौं । डा. गोविन्द केसीले माइतीघरबाटै भ्रष्टाचार, वेथितीविरुद्ध आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

डा. केसीले प्रधानमन्त्री ओलीलाई आफुले थालेको आन्दोलन माइतीघरबाटै पूरा गराइरै छाड्ने चेतावनी पनि दिए । ‘सरकारले नागरिकको मुख थुन्न माइतीघर मण्डला लगायतका स्थानमा प्रदर्शन गर्न रोक लगाएको छ’ डा. केसीले भने, ‘म ओलीजीलाई भन्छु, हामी आवाज बुलन्द गर्छौं, यहीबाट लड्छौं । कसरी रोक्दा रहेछौ हेरौं ।’

आफूहरुको आन्दोलनको बलमा लोकमानसिंह कार्की, गोपाल पराजुलीहरु ढलेको दावी गरे । उनले उनीहरु त पात्र मात्र भएको तर, मुख्य पात्र दलका नेताहरु भएको दाबी छ ।

मुखमा टेप लगाएर माइतीघर मण्डलामा प्रदर्शन गरेका डा. केसीले स्थानीय प्रशासनले माइतीघर मण्डला लगायतका स्थानमा प्रदर्शन गर्न रोक लगाएको विरोध जनाए ।

मुखमा टेप लगाएर माइतीघर चोकमा उभिएका डा. केसीले एउटा हातमा ‘नागरिक स्वतन्त्रता खोस्न दिदैनौं । निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं’ र अर्को हातमा ‘म रैती होइन, सार्वभौम नागरिक हुँ’ भन्ने प्ले कार्ड बोकेका थिए ।

प्रतिकृया दिनुहोस