खतिवडाभन्छन्, यो सरकार थोत्रो साइकल हो

Dambar khatioda prabakta

काठमाडौं । नयाँ शक्ति नेपालका प्रवक्ता डम्बर खतिवडाले केपी ओली नेतृत्वको सरकार थोत्रो साइकल जस्तै भएको आरोप लगाएका छन् ।

प्रबक्ता खतिवडाले अहिलेको सरकारले जतिसुकै राम्रो हो भन्न खोजे पनि थोत्रो साइकल जस्तै काम नलाग्ने भइसकेको ठोकसवा गरेका छन् ।

युवा शक्ति नेपालको नयाँ कार्यसमिति र कार्यक्रमबारे जानकारी दिन शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा खतिवडाले यस्तो आरोप लगाएका हुन् ।

‘अहिलेको सरकारले आफूलाई जेट विमान ठान्छ तर हामीले हेर्दा थोत्रो साइकल जस्तो भइसकेको छ’ उनले भने, ‘थोत्रो साइकलको समृद्धि र सुशासनको दुबै पाङ्ग्रा पञ्चट भइसकेका कारण धेरै आसा गर्नु नै वेकार छ ।’

प्रशिक्षण विभाग प्रमुख समेत रहेका खतिवडाले कांग्रेस र कम्युनिष्टहरु लोकतन्त्रका लागि लडे पनि विकास, समृद्धि र सुशासनमा चुकेको आरोप लगाए । उनले वर्तमान सरकारले ल्याएको बजेटले विकास र समृद्धिको कुरा गरे पनि यसको व्यवहारिक रुपान्तरण गर्न नसक्ने बताए ।

उनले खतिवडाले सरकारको बजेटप्रति आलोचना गरे । ‘सरकारको बजेट विकास र समृद्धिलक्षित छैन’ उनले भने, ‘सामाजिक न्यायलाई सम्बोधन गर्न सक्ने छैन। परम्परागत शैलीमा छ ।’

प्रतिकृया दिनुहोस