मेयरले चलाएको डोजर खस्यो खोलामा, ५ घाइते

Pokhara meyar le dojar chalauda

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाउँदा खोलामा खसेको छ ।

पोखराको फिर्के खोलामा पैदल मार्ग (फुट ट्रयाक) उद्घाटन गर्न डोजर चलाउँदा खोलामा खसेको थियो । डोजर खोलामा खस्दा ५ जना घाइते भएका छन् ।

उक्त फुट ट्रयाकको उद्घाटन गर्न मेयर जिसीले डोजर चलाउन खोज्दा डोजर फिर्के खोलामा खसेको हो । प्रमुख जिसीसँगै डोजर अपरेटर पनि थिए । तर, मेयर जिसीले झुक्किएर लिभर दबाउँदा डोजरको वकेटले रेलिङ भत्काएको थियो ।

उद्घाटनको रमिता हेर्न रेलिङको आडमा बसेकाहरु रेलिङ भत्एिपछि खोलामा खसेका थिए । सो उद्घाटनको समाचार संकलन गर्न गएका पत्रकारहरु पनि घाइते भएका छन् ।

घाइते हुनेहरुमा पोखरा लेखनाथ महानगरपालिका ८ की गौरी पौडेल लगायत ५ जना छन् । पत्रकार सन्देश श्रेष्ठ, रञ्जन अधिकारी पनि घाइते भएका छन् ।

खोलामा खस्नेमध्ये पौडेललाई सबैभन्दा बढी चोट लागेको छ । उनको दाहिने खुट्टाको कम्मर मुनिको भाग, देब्रे खुट्टाको घुँडा मुनि र कोखामा चोट लागेको छ ।

पत्रकार अधिकारीको हात, खुट्टा र निधारमा चोट लागेको छ भने श्रेष्ठको दाहिने हातको कुहिनामा सामान्य चोट लागेको छ । उनीहरुको मेट्रोसिटी अस्पताल पोखरामा उपचार गरिएको छ ।

प्रतिकृया दिनुहोस