चितवनको चुम्लिङटारमा दुर्घटना हुँदा ४ को मृत्यु, ७ घाइते

Truck micro accident

चितवन । चतवनको चुम्लिङटारमा शुक्रबार बिहानै माइक्रो बस र ट्रक ठोक्किँदा ४ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका –३, चुम्लिङटारमा काठमाडौँबाट नारायणगढ आइरहेको ना ६ ख ४०६४ नम्बरको ट्रक र पोखराबाट काठमाडौं गइरहेको ग१ख ७६९२ नम्बरको माइक्रो बस ठोक्किदा ४ जनाको मृत्यु भएको हो ।

सो दुर्घटनामा परी माइक्रो बसका चालक कास्की रुपाकोट–८ बस्ने चन्द्रबहादुर केसीको मात्रै पहिचान खुलेको छ । अन्यको सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा ३ जना पुरुष र १ महिला छन् ।

घाइते हुनेहरुमा तनहुँका सुशिल कार्की, चितवन भरतपुर–२९ का आश आलेमगर, तनहुँ देवघाटका सन्तोष प्याकुरेल, गोरखा पालुङटारका ईश्वर बोगटी, तनहुँ दुलेगौंडाका बुद्धबहादुर नेपाली र मकवानपुर हेटौँडाका रञ्जित राई रहेको रहे जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी सुशिलसिंह राठोरले बताए ।

घाइतेहरुको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार माइक्रोसँग ठोक्किएपछि ट्रक सडकबाट ५० मिटर तल खोचमा खसेको छ । दुर्घटनामा ट्रक चालक पनि घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस