नेकपा दल दर्ताविरुद्ध सर्वाेच्चमा रीट

Adalat 13

काठमाडौं । निर्वाचन आयोगमा २३ जेठमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता भयो । तर, नेकपामा संविधानमा उल्लेख गरिएअनुसार समावेशी बन्न नसकेको आलोचना भइरहेका बेला सर्वाेच्च अदालतमा रीट परेको छ ।

एमाले र एमाओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता हुन नसक्ने जिकिर गर्दै खारेजीको माग गरिएको छ ।

निर्वाचन आयोगमा नेकपाको दल दर्ता संविधान र कानुनविपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता इन्दु तुलाधरले सो दल दर्ता प्रक्रिया नै गलत भएको जिकिर गर्दै आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

बिहबिार दायर गरिएको रीटमा दल दर्ताका लागि सो पार्टीको केन्द्रीय समितिमा एक तिहाइ महिला सदस्य अनिवार्य हुनुपर्ने संविधान र दल दर्ता ऐनको किटानी व्यवस्था विपरीत रहेको उल्लेख गरिएको छ । सो रिटमा संविधान र दल दर्ता ऐनबमोजिम सो दल र अन्य दलहरुलाई पनि दल दर्ता गर्न÷गराउन तत्काल परमादेश जारी गर्न माग गरिएको छ ।

प्रतिकृया दिनुहोस