वडाको विकासमा युवाको सहभागिताको माग

Oda  ma yuba sahavagita

ललितपुर । वडाको विकासमा युवा वर्गको सहभागितालाई सुनिश्चित गर्नुपर्ने खाँचो सम्बद्ध व्यक्तिहरुले औल्याएका छन् ।

ललितपुर महानगरपालिका वडा –११ को शिक्षा, युवा तथा खेलकूद समितिले बिहबिार स्थानीय च्वबु गाहिटीमा आयोजित वडाको विकासमा युवावर्गको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा सो खाँचो औल्याइएको हो ।

उनीहरुले वडाको योजना तर्जुमा, योजना कार्यान्वयनमा युवावर्गको सहभागिता सुनिश्चित गराउनुपर्नेमा पनि जोड दिए । वडाका विभिन्न टोलका युवा वर्गको आवश्यकता पहिचान गरी योजना तर्जुमा गर्न र वडा स्तरीय सञ्जाल निर्माण गर्ने उद्देश्यले सो अन्तक्र्रिया कार्यक्रम गरिएको समितिका संयोजक एवं वडा सदस्य कृष्ण महर्जनले बताए ।

सो कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले युवा वर्गको सामाजिक, आर्थिक, विकासमा स्थानीय तहको भूमिका प्रभावकारी हुनुपर्ने बताए । उनले युवा वर्गलाई रचनात्मक गतिविधिमा संलग्न गराउन नसके समाज विकासको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन नहुने र कुलतमा फस्न सक्ने खतरातर्फ पनि सजग गराए ।

सो कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं ११ का वडा सदस्य आपुलु शाक्य, राष्ट्रिय युवा महासंघ ललितपुर शाखाका अध्यक्ष राजेश बज्राचार्य, महानगरीय प्रहरी प्रभाग मंगलबजारका प्रमुख एवं प्रहरी निरीक्षक केशरी न्यौपाने, च्वबु गाहिटी टोल सुधार समितिका अध्यक्ष दिनेश महर्जन, अधिवक्ता लक्ष्मण महर्जन, बौद्ध युवा कमिटीका पूर्वअध्यक्ष तथा पत्रकार सुनील महर्जन लगायतले विकास भनेको कसैले कसैलाई किस्तीमा राखेर दिने विषय नभई लक्षित वर्गको समेत सक्रियतामा हुने परिर्वतनको प्रक्रिया रहेको धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस