यस्तो छ ओलीको चीन भ्रमणको कार्यतालिका

Kp oli 17

काठमाडौं । आगामी असार ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा जादैछन् । यो भ्रमणलाई निक्कै महत्वका साथ हेरिँदै छ । किनकी यो भ्मणका बेला करीव एक दर्जन सम्झौतामा हस्ताक्षर हुँदैछ ।

प्रधानमन्त्रीबाट भ्रमणका क्रममा चीनका उच्च राजनीतिक नेतृत्वसँग हुने राजनीतिक परामर्श र दुई देशका प्रधानमन्त्री नेतृत्वमा हुने भएकाले पनि भ्रमणले पारस्परिक सम्बन्धलाई नयाँ उचाइ दिने विश्वास गरिएको छ ।

प्रधानमन्त्री ओलीबाट दुई वर्षअघि भएको चीन भ्रमणका बेला गरिएका द्विपक्षीय सन्धि सम्झौताको कार्यान्वयनमा केन्द्रित हुने छ । यो भ्रमण नेपालको परिवर्तित राजनीतिक सामाजिक सन्दर्भमा समृद्धितर्फको यात्रालाई सफल बनाउन भौतिक पूर्वाधार निर्माणका केही परियोजनाहरुमा चिनियाँ सहयोग प्राप्त हुने प्रायः पक्का भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सिमापार विद्युत प्रसारण लाइनको सम्झौता हुनेछ । रेलवे र उर्जासँग सम्बन्धित महत्वपूर्ण सम्झौता हुने बताए । पुननिर्माणको क्षेत्रमा चिनिया सहयोगको द्धिपक्षीय समझदारीमा हस्ताक्षर हुने सम्भावना छ । दुवै देशका परराष्ट्र मन्त्रालयस्तरीय संयन्त्रको समझदारीमा पनि हस्ताक्षर हुनेछ ।

यस्तो छ ओलीको कार्यतालिका
प्रधानमन्त्री ओली असार ५ मा काठमाडौंबाट बेइजिङ प्रस्थान गर्नेछ । सोही साँझ नेपाली दूतावासमा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन् ।

असार ६ मा त्यहाँको ब्यापारिक समुदायसँग अन्तरक्रिया हुनेछ । नेपाली उद्यमी व्यवसायी र चीनको सीसीपिआइटी बीचको छलफलपछि सोही दिन उर्जा र कृषि सम्बमन्धित निजी क्षेत्रका परियोजनामा हस्ताक्षर हुनेछ ।

असार ७ गते प्रधानमन्त्रीले महत्वपूर्ण भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीस्तरीय वार्ता र सम्झौताहरुमा हस्ताक्षरपछि पत्रकार सम्मेलन हुनेछ । सोही दिन राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्रीको भेटवार्ता हुनेछ ।

असार ८ गते प्रधानमन्त्री ओली चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा निस्कने कार्यक्रम तय भएको छ ।

प्रतिकृया दिनुहोस