पिकअप दुर्घटना हुदाँ वडा सदस्यको मृत्यु

Accident  photo

बागलुङ । बागलुङको ताराखोला पिकअप दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् ।

घुस्मेलीदेखि अर्गल भातखाने डाडाँ जादै गरेको ग १ ज ६०३४ नम्बरको गाडी दिउँँसो दुर्घटना हुदाँ ताराखोला गाउँपालिका ३ का वडा सदस्य हेमन्त घिमिरेको मृत्यु भएको छ ।

सो घटनामा परी सोही स्थानका हरिराम गिरीको पनि मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाएका २४ वर्षीय घिमिरे वडा सदस्य हुन् । दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ताराखोला गाउँपालिका – ३ का जीप चालक डम्बरबहादुर घिमिरे र सोही स्थानका कर्ण भण्डारी छन् ।

घाइतेहरुको गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा भइरहेको छ । दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस