८ जनाले पाए बालसंवेदनशील पत्रकारिता पुरस्कार

Bal patrakarita puraskar

काठमाडौं । यस वर्षको ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट ८ जना पत्रकारहरुलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघले केन्द्रीय बाल कल्याण समितिको सहकार्यमा गत वर्षदेखि ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्न थालेको थियो ।

यो वर्ष राससका सुशील दर्नाल, रेडियो कान्तिपुरका रमेश दुलाल, रेडियो सिद्धबाबाकी मनकुमारी पुलामी, राजधानी दैनिकका निमेन्द्र शाही, नेपाल वातावरण पत्रकार समूहकी रेणुका आचार्य, रेडियो कान्तिपुरकी अमृता अनमोल, नेपाल वातावरण पत्रकार समूहकी कार्यक्रम प्रस्तोता दुर्गा कार्की र सामुदायीक सुचना नेटवर्क (सिआइएन) की गीता चिमोरिया पुरस्कृत भएका छन् ।

पुरस्कारको राशि जनही २५ हजार रहेको सो पुरस्कार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बिहीबार काठमाडौंमा आयोजित बालसंवेदनशील राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा प्रदान गरिन् ।

त्यसैगरी मनत्री थापाले यो वर्षको ‘साहसिक पत्रकार महिला पुरस्कार’ सगरमाथा आरोही राससकर्मी रोशा बस्नेत र पत्रकारहरु प्रियालक्ष्मी कार्की, कल्पना महर्जन, रोजिता बुद्धाचार्य, डोल्मा शेर्पा, पूर्णिमा श्रेष्ठ र देउराली चाम्लिङलाई प्रदान गरिन् । पुरस्कारको राशि एकमुस्ट १ लाख २० हजार रहेको छ ।

प्रतिकृया दिनुहोस