अरिहन्त कार्टुन फ्याक्ट्रीमा भिषण आगलागी

Aago lagi

विराटनगर । मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा भिषण आगलागी भइरहेको छ ।

बुढीगंगा गाउँपालिका–३ स्थित कारखानामा गएराति ११ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन् ।

आगलागी निभाउने प्रयास जारी रहेको प्रहरीको भनाई छ । सो आगो नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका ११ वटा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ । आगो निभाउन सेना, सशस्त्र र नेपाल प्रहरी खटिएको छ । तर, अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगलागीको कारण खुल्न नसके पनि गोदामबाट आगो सल्किएको जनाइएको छ । गोदाममा रहेको बनाइएको कार्टुन पूर्णरुपमा जलेर नष्ट भएको छ ।

प्रतिकृया दिनुहोस