यस्तो चलन : सुँगुरको रगत नपिउने दुलाहाले दुलही लान पाउँदैनन्

Gaud marrige

एजेन्सी –संसारभर आ–आफ्नो जाती धर्म संस्कार अनुसार विवाह हुन्छन् । कतीपय विवाहको संस्कार यस्तो हुन्छकी सुन्दा अचम्म लाग्छ । नेपालमा पनि विभिन्न जातजातीहरुको आ–आफ्नै परमपरा अनुसार निकै अनौठा चलनबाट विवाह हुन्छन् ।

उता भारतको मध्यप्रदेश र छत्तिसगढका भित्री इलाकाहरुमा बस्ने गौड जनजातिको बिहे परम्परा झनै अनौठो छ ।गौड जनजातिको विवाहमा एउटा अनौठो परम्परा छ, जुन परम्पराको पालना नगरीकन बिहे सम्पन्न नै हुँदैन ।

उक्त परम्परा अनुसार बिहे समारोहमा बेहुलाले सुँगुर मार्दछ र मारेको सुँगुरको ताजा रगत पिउँदछ । बेहुलाले आफैंले मारेको जनावरको रक्तपान नगरेसम्म बिहे सम्पन्न हुँदैन ।यसरी बेहुलाले मार्ने सुँगुर बेहुली पक्षको तर्फबाट ल्याइएको हुन्छ ।

भारतमा निकै पिछडिएको यस समुदायमा सदियौँदेखि गौड जनजातिले यो परम्परा मान्दै आएका छन् ।

प्रतिकृया दिनुहोस